भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, तेस्रो बन्न उत्साहित छ : प्रधानमन्त्री मोदी


काठमाडौं – भारतले यो वर्षको अन्तमा जापानलाई उछिनेर विश्व कै चौथो ठुलो अर्थतन्त्र बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने दबाब चौथो बन्ने खुसीभन्दा ठुलो भएको सङ्केत गरेका छन्।  

भारतको अर्थतन्त्र हाल ४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । आईएमएफको अप्रिल २०२५ को विश्व आर्थिक दृष्टिकोण (वर्ल्ड इकोनोमिक आउटलुक) प्रतिवेदनले भारतको जीडीपी सन् २०२५ मा ४.१९ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। जुन जापानको अनुमानित ४.१८७ ट्रिलियन अमेरिकी डलरभन्दा केही बढी हो। 

हाल भारतभन्दा अगाडि अमेरिका, चीन, र जर्मनी मात्र रहेका छन्। विश्लेषकहरूका अनुसार, भारतले हालको आर्थिक वृद्धिदर कायम राखेमा केही वर्षभित्रै जर्मनीलाई पनि उछिन्दै विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने सम्भावना छ। भारतको प्रधानमन्त्री मोदीले २६ मे २०१४ मा, मैले पहिलो पटक प्रधानमन्त्रीको रूपमा सपथ लिएको थिएँ। त्यतिबेला, भारतको अर्थतन्त्र ११औँ स्थानमा थियो। आज, भारत विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ।

उनी भन्छन् ,‘हामीले जापानलाई उछिनेको कुरा हामी सबैका लागि गर्वको विषय हो। मलाई अझै पनि देशभरको उत्साह सम्झना छ, जब हामी छैटौँबाट पाँचौँ स्थानमा पुग्यौँ, विशेष गरी युवाहरूमा कारण यो थियो कि भारतले युनाइटेड किंगडमलाई उछिनेको थियो, जुन राष्ट्रले हामीलाई २५० वर्षसम्म शासन गरेको थियो।