काठमाडौं – मंगलबार शेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ५३ अंकले बढेसँगै बजार २६ सय ७७ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनीभर्सल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले ८ दशमलव १ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक र ओम मेगा श्रीका लगानीकर्ता रहेका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।



About Us
प्रतिक्रिया