नेपााल एसबीआई बैंकको डीसीईओमा आनन्द र प्रमुख वित्तीय अधिकृतमा पंडाल


काठमाडौं – नेपाल एसबीआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास आनन्द नियुक्त भएका छन् । बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको ५२८ औं बैठकले यस बैंक र भारतीय स्टेट बैंक बिचको प्राविधिक सम्झौता अनुसार प्रमुख सञ्चालक अधिकृतको पदमा कार्यरत आनन्दलाई डीसीईओमा पदमा नियुक्त गरेको हो। 

उनको कार्यकाल जेठ १३ गते (आजदेखि) सुरु भएको छ। साथै, बैंकको डिसीईओकाे कार्यभार सम्हाल्दै आएका राजेश कुमार पंडाललाई बैंकको प्रमुख वित्तीय अधिकृतको पदमा नियुक्त गरेको छ। पंडालको कार्यकाल पनि आजदेखि सुरु भएको हो।