काठमाडौं – सान्भि इनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ १३) अन्तिम दिन हो । कम्पनीले जेठ २३ गतेसम्म बिक्री खुला गरेको आइपिओमा माग भन्दा बढि आवेदन परेकाले आज (मंगलबार) बैकिङ्ग समय पश्चात् बन्द हुने भएको हो ।
कम्पनीले (जेठ ९) गते आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
जसमध्ये ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।



About Us
प्रतिक्रिया