प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।