गभर्नर डा. पौडेल र आईएमएफ प्रमुख जहानबीच भेट, विस्तारित कर्जा सुविधा व्यवस्थामाथि छलफल


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ । नवनियुक्त गभर्नर पौडेल र जहानबिच हिजो राष्ट्र बैंकमा भेटवार्ता भएको हो ।

गभर्नर पौडेल र जहानबीच भएको प्रारम्भिक भेटमा बैठकमा नेपालको लागि आईएमएफको विस्तारित कर्जा सुविधा व्यवस्थाको छैठौं समिक्षासम्बन्धी छलफल भएको थियो । सो भेटमा मिशनका उद्देश्यहरू र प्राप्त गर्नुपर्ने उपलब्धिहरूका बारेमा पनि छलफल भएको थियो ।