एनएफआइएका पदाधिकारीद्वारा गभर्नर पाैडेलसँग भेट, बैंकिङ्ग क्षेत्र चुनौतीहरूबारे विमर्श


काठमाडाैं – नेपाल वित्तीय संस्था संघ (एनएफआइए) का पदाधिकारी तथा सल्हाकारहरूले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्राध्यापक डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् ।

भेटघाटका क्रममा संघले गभर्नर पौडेलको नेतृत्वमा अर्थतन्त्र थप चलयमान हुनेमा विश्वास व्यक्त गर्याे । छलफलमा हालको बैंकिङ्ग क्षेत्रको अवस्था र वित्तीय संस्थाहरूले भोगिरहेका विभिन्न चुनौतीहरूबारे विचार विमर्श गरिएको थियो।

गभर्नर पौडेलले आगामी दिनहरूमा नीति निर्माणमा बैंक तथा बित्तिय संस्थाहरुसँग थप संवादलाई प्राथमिकता दिनेमा जोड दिए।