प्रतितोला ७ सय रुपैयाँले घट्यो सुन


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ९१ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य स्थिर छ । आज प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।