मौद्रिक नीतिको तेस्राे त्रैमासिक समीक्षा आज सार्वजनिक हुने, बोर्ड बैठक बस्दै


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज साँझ ल्याउने भएको छ । चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउन केन्द्रीय बैंकले साँझ साढे ५ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।

केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले मौद्रिक नीतिकाे समीक्षा आज साँझसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने,‘ साँझ साढे पाँच बजे बोर्ड बैठक बस्दैछ । बैठक पछाडि सात /साढे सात बजेतिर त्रैमासिक समीक्षा ल्याउने तयारी छ ।’