काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पनि डा.गुणाकर भट्टकाे राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर पौडेलले भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नरको कार्यालयमा सरुवा गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा.भट्टलाई ल्याइएको हो। यसअगाडि भट्ट आर्थिक अनुसन्धान विभागमा थिए ।
याेसँगै अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन्। भट्टले गभर्नर बन्न गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर तत्कालीन कामु गभर्नर नीलम ढुंगानाले उनको राजीनामा अस्वीकृत गरेकी थिइन् ।



About Us
प्रतिक्रिया