बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको जेठ ७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ९७ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो  दिन बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन ४ अर्बले बढेको छ । जेठ ६ गते ६१ खर्ब ५८ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले ७ गते ६१ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा  पनि वृद्धि देखिएको छ । जेठ ६ गते ५५ खर्ब २९ अर्ब कर्जा प्रवाह भएकोमा ७  गते ५५  खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेको छ । 

यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८ दशमलव ९९ प्रतिशत रहेको छ ।