प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदछ कारोबार ?


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १४ सय रुपैयाँले बढेको हो ।

यससँगै आज प्रतितोला सुन १ लाख ९१ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलाको २ हजार ५ रुपैयाँमा किनबेच भएको थियो।