रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर


काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेशलाई सदर गरेको छ ।

न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गर्दै लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

याेसँगै थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज भएकाे छ । अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन्।