काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको थियो । अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घट्दै त्यसदिन प्रतितोला सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भयो ।
आइतबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ६ सय रुपैयाँले नै बढ्यो । सोमबार प्रतितोला सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भयो । मंगलबार मूल्य स्थिर रहँदै प्रतितोला सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भयो ।
मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार भने भारी रकमकाे वृद्धि देखियो । बुधबार ५ हजार रुपैयाँले बढ्दै प्रतितोला सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भयो ।
बिहीबार १ हजार ७ सय रुपैयाँले बढ्दै प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ५ सय रुपैयाँ पुग्यो। शुक्रबार सुनको मूल्यमा प्रतितोला ११ सय रुपैयाँको गिरावट देखियो । यसदिन प्रतितोला सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भयो । समग्रमा याे साता सुनको मूल्यमा ६ हजार २ सय रुपैयाँको वृद्धि देखियो ।





About Us
प्रतिक्रिया