काठमाडौं – सरकारले बीमा कम्पनीलाई लामो अवधिको वित्तीय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाको लागि पूर्वाधार बण्ड गर्न सुझाव दिएको छ । सरकारले आर्थिक सुधारका लागि गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि गठित समितिले सो सुझाव दिएको हो ।
आयोगले बीमा कम्पनीलाई लामो अवधिको वित्तीय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाको लागि पूर्वाधार बण्ड गर्न सुझाव दिएको छ । साथै, सहरी क्षेत्रको घर निमार्णको नक्सा सम्पन्न प्रमाणपत्र लिँदा अनिवार्य रूपमा घरको बीमा गर्ने व्यवस्था गर्नुपर्ने छ। त्यस्तै, बीमा प्रिमियम तिरेको रकम कर योग्य सम्पत्तिको मूल्य निर्धारण गर्दा घटाउने व्यवस्था गर्न सुझाव दिएको छ ।
यी सुझाव क्रियाकलाप कार्यान्वयन गर्ने जिम्मेवार निकाय अर्थमन्त्रालय रहेको छ । अनुगमन तथा सहजीकरण गर्ने निकाय भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको छ । साथै, आयोगले यी सुझाव १ वर्षभित्र कार्यान्वयन गर्नुपर्ने समय सीमा निर्धारण गरेको छ ।
प्रतिक्रिया