काठमाडौं – नवनियुक्त गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालतमा निवेदन पेस भएको छ। अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत प्रशासनमा शुक्रबार निवेदन दिएका हुन्।
यसअघि पौडेलको नियुक्ति नै रोक्न माग गर्दै उनीहरूले रिट दिएका थिए। तर, त्यो रिटमा सर्वोच्चले दरपीठ गरेकाे थियाे । पौडेलले मन्त्रिपरिषद् बैठकबाट ६ गते गभर्नर नियुक्त भएसँगै कार्यभार सम्हालिसकेका छन्।






About Us
प्रतिक्रिया