काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीहरूका लागि शेयर बिक्री तथा खुला गरेको छ । संस्थाले सुशिला देवी अग्रवाल र लोकमान्य गोल्छाको नाममा रहेको शेयर बिक्री खुला गरेको हो ।
संस्थाले अग्रवालको नाममा रहेको ६९ हजार ६ सय ६५ कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ९० रुपैयाँमा र गोल्छाको नामको ६४ हजार ३ सय ६ कित्ता शेयर प्रतिकित्ता ३ सय ९० रुपैयाँमा बिक्री खुला गरेको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सुचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । संस्थाको केन्द्रीय कार्यालय मध्यवानेश्वर काठमाडौंमा आफूले खरिद गर्ने कित्ता सङ्ख्या खुलाई आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया