सान्भी इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने 


काठमाडौं – सान्भी इनर्जी कम्पनी लिमिटेडले  आजदेखि (जेठ ९) सार्वसाधारणका लागि आईपीओमा निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।  जसमध्ये ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि  र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। 

जसबाट बाँकी रहेको कित्ताशेयर मध्ये  १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको छ। 

उक्त शेयरमा दुवै समूहले न्यूनतम  १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन जेठ २३ गतेसम्म दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।