काठमाडौं – नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् । संघका पदाधिकारीहरूले आज भेट गर्दै पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।
त्यस्तै, सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन राष्ट्र बैंकले सहयोग गर्नुपर्ने बताएका थिए । नवनियुक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने उल्लेख गरे ।






About Us
प्रतिक्रिया