काठमाडौं – काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले प्रहरीको अनुरोधमा म्याद थप गरेको हो। उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।
यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन्। जसमध्ये प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको हो। बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको हो।



About Us
प्रतिक्रिया