सहकारी ठगी मुद्दामा एमाले नेता अर्याल पक्राउ


काठमाडौं – काठमाडौंको दिगो पर्यटन सहकारी संस्थाको ऋण नतिरी ठगी गरेको मुद्दामा नेकपा (एमाले) का नेता कृष्णकुमार अर्याल पक्राउ परेका छन् ।

प्रहरीले ललितपुर महानगरपालिका–३ सानेपा घर भएका एमालेको गैरभौगोलिक अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीका सदस्य अर्याललाई काठमाडौं जिल्ला अदालतको आदेश कार्यान्वयन गर्न अर्याललाई पक्राउ गरेकाे हाे ।

काठमाडौं जिल्ला अदालतले उनलाई २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार बिगो भराउन आदेश दिएको थियो।