काठमाडौं – पछिल्लो समय खुद सेवा आय ८१ अर्ब रुपैयाँ बढीले घाटामा रहेको छ । केन्द्रीय बैंकको तथ्यांअनुसार चालु आवको चैतसम्म ८१ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १९.० प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये शिक्षातर्फ व्यय १० खर्ब ३ अर्ब ८४ करोड रुपैयाँले रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।



About Us
प्रतिक्रिया