रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्रवान, १२ प्रतिशत लाभांश प्रस्ताव पारित 


काठमाडौं –  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको १५१ औं बैठकले उक्त सभा असार ३ गते आम्रपाली व्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बसे बस्ने भएको हो । 

कम्पनीले हाल चुक्ता पुँजी ४ अर्ब ६४ करोडको १२ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्ने भएको छ । साथै, उक्त सभा प्रयोजनका लागि कम्पनीको  जेठ २६ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहने भएको हो ।

सो सभामा बुक क्लाेजको अघिल्लो दिन (जेठ २५)  गते सम्म नेपाल स्टक एक्चेञ्जमा कारोबार भई कम्पनीमा प्राप्त रहेको शेयर नामसारीको लिखित विवरणका आधारमा शेयर दर्ता किताबमा कायम शेयरधनीहरुले मात्रै भाग लिन सक्नेछन् ।