छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा जेठ २३ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं – छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर जेठ २३ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने लागेको हो ।

कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद शेयरमा जेठ १ गतेभित्र साविक शेयरधनीहरुले शेयरप्रति दाबि गर्न पउनेछन् । यस कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

उक्त शेयर खरिद गर्न चाहने लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकले तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।