काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज नै पदभार सम्हालने भएका छन् । निकै लामो रस्साकस्सीपछि नियुक्त भएका गभर्नर पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका हुन् ।
अर्थमन्त्रालयमा राउतबाट शपथ लिएका पौडेलले आज नै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने भएका छन् । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई १८ औं गभर्नरका रुपमा नियुक्त गरेको हो ।



About Us
प्रतिक्रिया