काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत मसान्तसम्म परेको दाबी निवेदन बापतको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले दाबी परेका तर भुक्तानी हुन नसकेका ग्राहकले आवश्यक कागजात कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा बुझाई ३५ दिनभित्र दाबी भुक्तानी लिन आग्रह गरेको हो ।
बीमितहरूले विभिन्न मितिमा दिएको दाबी निवेदनमा केहीमा कागजात अपुग रहेको त केही बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ।
तोकिएको म्यादभित्र पनि बीमितले प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।





About Us
प्रतिक्रिया