रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा


काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको निवेदन हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएकाे थियाे ।

रविलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो । उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन् ।