१८ औँ गभर्नरमा पौडेलसहित तीन जनाकाे नाम सिफारिस


काठमाडौं – नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा विश्व पौडेल, नीलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराई सहित ३ जनाकाे नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले मंगलबार ३ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ । 

सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ।