काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक सुरू भएको छ। अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठक सुरु भएको हो।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्। सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ ।



About Us
प्रतिक्रिया