काठमाडौं – नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ । यसअगाडिका ७ कारोबारको दिन निरतन्तर घटेको बजारमा सोमबार र मंगलबार उछाल आएको हो । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा ठुलो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज ( नेप्से) मा ४९.९ अंकको वृद्धि देखिदा बजार २६ सय ७७ दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।
आज १५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २२९ कम्पनीको शेयर मूल्यमा वृद्धि आएसँगै १ कम्पनीको शेयर मूल्य स्थीर देखिएको हो । आज दिन भरिमा ३१० कम्पनीको कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार आसपास पुग्दा १ करोड ६८ लाख ८८हजार ४ सय ५९ कित्ता शेयर किनबेच भएको छ ।
आज सबैभन्दा बढि सिन्धु विकास बैक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानी कर्ताहरुले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताहरुले १० १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धरै गुमाउनेमा बाराही हाइड्रोपावर र विन नेपाल लघुवित्त रहेका छन् ।
बाराही हाइड्रोपावर कम्पनीका लगानी कर्ताहरुहरुले ७.३९ प्रतिशत र विन नेपालले ३.१९ प्रतिशका दरले गुमाएका हुन् । आज सबैभन्दा बढि कारोबार गर्ने कम्पनीमा राधि विद्युत र नगदी ग्रुपले रहेका छन् । राधिले ४१ करोड ७९ लाख ९२ हजार र नगदीले ३६ करोड ८० लाख माथि कारोबार गरेको हो ।



About Us
प्रतिक्रिया