दोर्दी खोला जलविद्युतको लक इन अवधि असार ७ गतेदेखि सकिदै


काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीको शेयरकाे असार ७ गतेदेखि लक इन अवधि सकिने भएको छ ।  लक इन अवधि सकिएपछि, संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन्।

कम्पनीको संस्थापक शेयर, प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको शेयर र कर्मचारीहरुको नाममा रहेको शेयर सर्वसाधारणमा २०५९ असार ८ गते बाँडफाँड गरिएको लक इनमा राखेको अवधि सकिने भएको हो ।

कम्पनीले संस्थापकहरुको ७५ लाख ९० हजार ६ सय ७५, स्थानीय बासिन्दाको ७ लाख ५६ हजार ४ सय २० र कर्मचारीहरुको ६५ हजार ८ सय ६५ शेयर संख्या लक इनमा राखेको  थियो ।