सांसद कार्कीको व्यङ्ग्य ‘नेपाली काँग्रेसका धेरै सांसद देखिनुहुन्न त गभर्नर खोज्न जानुभयो ?’ 


काठमाडौं – राप्रपा सांसद रोशन कार्कीले मंगलबारको प्रतिनिधिसभा संसद्मा गभर्नर नियुक्तिको विषयलाई लिएर काँग्रेस संसद्लाई लक्षित व्यङ्ग्य गरेकी छिन् । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको छलफलको क्रममा उनले नेपाली काँग्रेसका संसद् देखिनु हुन्न त गभर्नर खोज्न जानुभयो भन्दै व्यङ्ग्य गरेकी हुन् ।

उनले भनिन्,‘सभामुख महोदय नेपाली काँग्रेसका सांसद ७/८ जनाभन्दा बढी देखिनु हुन्न त ? उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानु भयो कि प्रधानमन्त्री ?  तपाईँहरू एकदमै कम्तीमा हुनुहुन्छ ? ठुलो पार्टीमा भएको भएर, मलाई त शङ्का लागिराछ ’ 

यसपछि लगतै बोल्दै काँग्रेसकी सांसद मैना कार्कीले यसको खण्डन गरिन् । उनले यसरी पार्टी नै तोकेर भन्न मिल्ने कि नमिल्ने भन्दै प्रश्न गरिन् । सांसद कार्कीले भनिन्,‘काँग्रेस पार्टीलाई नै तोकेर नभन्दा राम्रो हुन्थ्यो, यसरी भन्न मिल्ने हो कि होइन । भोलि काँग्रेस पार्टीले अर्काे पार्टीलाई तोकेर यस्तो कुरा गर्छ कि गर्दैन ? यसबाट के म्यासेज जान्छ ?’