व्यक्तिगत संवेदनशील विवरण शेयर गर्नु अघि सोच्न केद्रीय बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले संवेदनशील कागजात तथा विवरणको सुरक्षा गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै संवेदनशील विवरणको सुरक्षा गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवम् विवरण जो कोहीलाई फोटो खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, इमेल गर्ने, फोटोकपी दिने जस्ता कार्यले तपाईंका संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्दछ र तपाईं वित्तीय अपराधको शिकार पनि बन्न सक्नुहुन्छ । यस्ता विवरणको प्रयोगमा उच्च सतर्कता अपनाऔं ।’ राष्ट्र बैंकले व्यक्तिगत संवेदनशील विवरण शेयर गर्नु अघि सोच्नुपर्ने बताएको छ ।