प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात


काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हाे ।

ओझालाई सरकारले गत फागुन १३ गते बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो। उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्।