काठमाडौं – पीपुल्स पावर लिमिटेड कम्पनीले हकप्रद साधारण शेयर निष्काशका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीको हाल चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ को १ कित्ता साधारण शेयर बराबर नयाँ ०.५० कित्ताको अनुपातमा शेयर निष्काशन गरेको हो ।
कम्पनीको उक्त चुक्ता पुँजीको ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैँया अंकित मूल्यका दरले ३१ लाख ६३ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया