काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले सन् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार बताएका छन् । वासिङ्टनले प्रस्ताव गरेको विश्वव्यापी ‘पारस्परिक’ करको एक हिस्साको रूपमा थाइल्याण्डले जुलाईसम्ममा कर कटौती गर्न सहमत नभएमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ ।
राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद् (एनईएसडीसी) को कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि, थाइल्याण्डले यस वर्षको वृद्धिको अनुमानलाई २.३ प्रतिशतदेखि ३.३ प्रतिशतबाट १.३ प्रतिशत र २.३ प्रतिशतको बीचमा झारेको छ । एनईएसडीसीका महासचिव दानुचा पिच्याननले सन् २०२५ मा पर्यटकको सङ्ख्यामा आउने अनुमानित गिरावटका साथै शुल्क अनिश्चिततालाई दोष दिएका छन् ।
‘व्यापार वार्ता अझै सकिएको छैन र धेरै देशहरू छलफलका लागि लाइनमा बसेका छन्,’ उनले एक पत्रकार सम्मेलनमा भने। उनले व्यापार वार्ताको नतिजा नआउँदासम्म निजी क्षेत्रले लगानी गर्न ढिलाइ गरेकाले दोस्रो त्रैमासिकमा आर्थिक अवस्था सुस्त हुने सम्भावना रहेको बताए । थाइल्याण्डले पनि सन् २०२५ मा चिनियाँ पर्यटकको आगमनको अनुमान तीन करोड ८० लाखबाट घटाएर तीन करोड ७० लाखमा झारेको छ ।





About Us
प्रतिक्रिया