रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परिसकेकाे छ ।