काठमाडौं – प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सोमबार सम्पन्न सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीहरूले यी संस्थाहरूबाट विशेष छुट र सेवा प्राप्त गर्नेछन् ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसी ले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:
-खानपानमा १० प्रतिशत छुट
-केबलकार टिकटमा २० प्रतिशत छुट
-आवास सेवामा १० प्रतिशत छुट
-केबलकार यात्रा निःशुल्क (विशेष सर्तसहित)
समझदारीले दुई संस्थाबीचको औपचारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । यसले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई गुणस्तरीय सेवा र विशेष जीवनशैली अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।



About Us
प्रतिक्रिया