काठमाडौं– आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने भएको हो । यस अगाडि बसेको बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिइसकेकाले आज गभर्नर नियुक्ति गर्ने प्रबल सम्भावना रहेको छ ।
दुई पटक विघटन भइसकेको गभर्नर सिफारिस समितिमा हाल अर्थमन्त्री विष्णु पौडेलसहित, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका छन् । आजको मन्त्रीपरिषद्को बैठकमा सिफारिस समितिले नाम सिफारिस गरेमा १८ औँ गभर्नर चुनिने छन् ।
सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।



About Us
प्रतिक्रिया