रसुवाबाट ठुलो मात्रामा तस्करीको सुन बरामद


काठमाडौं – रसुवाबाट प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो । 

रसुवा जिल्ला प्रहरी प्रवक्ताले बैंकिङ्ग समाचारसँग कुरा गर्दै  उक्त सुनको बारेमा थप अनुसन्धान भइरहेको बताए । कति परिमाणमा सुन भेटिएको भने अहिले नै खुलिनसकेकाे उनले बताए ।