काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै शाखा प्रमुख र बजार अधिकृतकर्मचारी माग गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरी सञ्चालित १८ वटा शाखा कार्यालयको लागि शाखा प्रमुख र काठमाडौं उपत्यका र बाहिरका शाखा कार्यालयको लागि बजार अधिकृत पदमा केही कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने भएको छ ।





About Us
प्रतिक्रिया