काठमाडौं – नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ्ग प्रणालीबाट २४ अर्ब रुपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज जेठ ४ गते बैंकिङ्ग प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्ने भएको हो ।
जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ। यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। जेठ लागेपछि केन्द्रीय बैंकले पहिलाे पटक तरलता प्रशाेचन गर्न लागेकाे हाे ।



About Us
प्रतिक्रिया