सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालक आर्चायले दिए राजीनामा


काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालक मनोज कुमार आर्चायले राजीनामा दिएका छन् । आर्चायले आफ्नो व्यक्तिगत कारण खुलाई उक्त पदबाट राजीनामा दिएका हुन् ।

बैंंकको जेठ १३ गते बसेको सञ्चालक समितिको २३६ औं बैंठकले उनले राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीले उक्त रिक्त रहेको पदमा टेकु नन्द ईवालाई नियुक्त गरेको हो ।