हिमालयन रिइन्स्योरेन्सद्वारा चौथो वार्षिक साधारण सभा आह्वान 


काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभामा बोलाएको छ ।  कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको ७२ औं बैठकको निर्णयअनुसार सो सभा जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने भएकाे हाे ।

सो सभाबाट कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशतको दरले हुन आउने रकम ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वकृत गर्ने भएको छ । 

साथै, उक्त सभा प्रयोजनका लागि जेठ ११ गते कम्पनीले १ दिनका लागि  बुक क्लोज गर्ने भएको छ ।