काठमाडौं – सर्वोच्च अदालतले अर्थविद् डा. विश्व पौडेलविरुद्ध दायर भएको रिट दरपीठ गरिदिएको छ । सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्।
मंगलबार अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलविरुद्ध गत मंगलबार रिट दिएका थिए। तर, चार दिनपछि रित नपुगेको भन्दै सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको हो।
अधिवक्ताद्वयले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दिएका थिए।
प्रतिक्रिया