काठमाडौं – नेपाल प्रहरीको प्रमुख कर्तव्य नै नागरिकको सुरक्षा हो । प्रहरीको सुरक्षाका कारणले नै सम्पूर्ण सर्वसाधारण शान्ति र सुरक्षित भएको महसुस गर्ने गर्छन् । कानुन पालना गराउनु, अपराध अनुसन्धान गर्नु, अपराधीलाई पक्राउ गर्नु, सर्वसाधारणको सुरक्षा गर्नु जस्ता कार्यहरू प्रहरीको प्रमुख जिम्मेवारी हुन् ।
यीनै काममा दत्तचित्त बनेर प्रहरीहरू दिनरात निःस्वार्थ सेवामा खटिने गर्छन् । नेपालीको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीहरूको सूचिमा पर्ने एउटा नाम हो डम्बर बहादुर विश्वकर्मा। विश्वकर्मा दाङको घोराही उपमहानगरपालिका-५ मा जन्मे हुर्केका थिए । कष्टपूर्ण बाल्यकाल बिताएका उनले कक्षा ६ पढ्दापढ्दै बुबा आमा गुमाउनुपर्यो । त्यसपछि दाइँसँग हुर्किएका डम्बर सानो–ठुलो दुःखमा नआत्तिने र सुखमा नमात्तिने स्वभावका छन् ।
अरूलाई ‘ट्युसन’ पढाउँदै जुटाए पढाई खर्च
उनले प्राथमिक तह गाउँमा नै अवस्थित दलजितपुर विद्यालयबाट सकेका थिए । ‘गुन्द्रीमा बसेर स्कुल पढियो । बेन्च थिएन,’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘म विद्यालयमा उत्कृष्ट छात्राहरूको सूचीमा पर्थे।’
प्राथमिक तहपछिको पढाइ जिल्लाको सदरमुकामको पद्यमदेव पब्लिक हाईस्कुलबाट गरे । त्यसक्रममा डम्बरले वरपरका बाल बालिकाहरूलाई ट्युसन पढाउँदै आफ्नो खर्च निकाल्ने गर्थे । सो विद्यालयबाट विद्यालय तहको पढाई सकेपछि उच्च शिक्षाका लागि काठमाडौं छिरे र शंकरदेवमा भर्ना भए । त्यसपछि विश्वविद्यालयको पढाई उनले त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । स्नातकोत्तर पढ्दै गर्दा नेपाल प्रहरीमा आबद्ध भएका थिए ।

उद्यमी बन्न चाहन्थे, प्रहरी बने
उनको जन्म र बाल्यकाल गरिब परिवारमा बित्यो । पढ्दापढ्दै कसैले के बन्ने भनेर सोधे भन्न ठ्याक्कै जवाफ थिएन । तर, आत्मनिर्भर उद्यमी बन्ने योजना भने उनमा थियो । अध्ययन गर्दागर्दै आफू सक्षम भएपछि परिवारका लागि केही गर्नुपर्छ भन्ने भाव विकास भयो र स्वरोजगार बन्नतर्फ ध्यान गयो ।
स्नातकोत्तर पढ्दैगर्दा उनले प्रहरीमा प्रहरी निरीक्षकबाट काम सुरु गरेका थिए । उनको प्रहरीमा प्रवेश गर्दाको पहिलो तलब ४ हजार थियो । ‘सुरुमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रवेश गरेँ,’ उनी भन्छन् । सरकारले विभागको समान पदबाट नै प्रहरीमा प्रवेश गराएको थियो । अहिले राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरी एउटै निकाय भएतापनि उक्त समयमा फरक–फरक क्षेत्रकारुपमा थियो ।
प्रहरीमा प्रवेश गरेको २८ वर्ष पुरा भैइसकेको छ । उनले २०५३ सालको पुष महिनाबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उक्त समयमा मुलुक आन्तरिक द्वन्द्वमा थियो । जनआन्दोलनमा आफूसँग काम गरेका साथीहरुलाई पनि गुमाउन पुगेको स्मरण गर्छन् डम्बर। तरपनि आफूलाई दिएको जिम्मेवारीलाई एउटा अवसर मानेर काम गरेको उनी बताउँछन् ।

इर्लाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, ट्राफिक प्रहरी, विशिष्ट व्यक्ति सुरक्षा र सयुक्त राष्ट्र संघको शान्ति स्थापनामा काम गरिसकेका छन् । सयुक्त राष्ट्र संघको शान्ति स्थापनाको क्रममा विभिन्न युद्धग्रस्त मुलुकको अवस्थाको बारेमा नजिकबाट हेर्न पाएको उनी बताउँछन् ।
यसबाहेक डम्बरले धेरै जिल्लामा कार्यअनुभव सम्हालेका छन् । आफू साधारण परिवारबाट आएकाले सर्वसाधारणको दुःख आफ्नाे जस्तो लाग्ने उनीहरुको काम गर्न मन लागेको उनी बताउँछन् । आफूलाई प्रहरी जस्तो पवित्र संस्थामा रहेर काम गर्न पाउँदा भग्यमानी रहेको ठान्छन् ।
सर्वसाधारणको पहिलो न्यायाधीस नै प्रहरी
उनका अनुसार प्रहरी सर्वसाधारणलाई न्याय दिने पहिलो न्यायधीस हो । प्रहरीले जनताको काम न्यायिक आँखाले हेरे गर्नुपर्ने उनको तर्क छ । यस्तै, यो अवस्थामा आईपुग्नका लागि आफूलाई परिवारको ठुलो साथ र सहयोग रहेको विश्वकर्माको भनाई छ। विशेष गरी श्रीमतीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।
सामान्य आम्दानीमा पनि जीवन यापन गर्न सकिन्छ भन्ने विचारधारा भएको श्रीमती भएकाले प्रहरीमा रहेर काम गर्न सजिलो भएको उनी सम्झिन्छन् । श्रीमतीलाई सरकारी सेवाप्रति मोह नै थियो । आफू सुदूरपश्चिमका प्रहरी प्रमुख हुनमा उनकै भूमिका रहेको उनी बताउँछन् । उनलाई प्रहरीमा प्रवेश गर्नमा पनि श्रीमतीले नै प्रेरणा दिएकी थिइन् ।

प्रहरीको जागिरे बन्नु नै अवसर
प्रहरीको कामलाई आफूले अवसरकारुपमा लिएको विश्वकर्मा बताउँछन् । ‘प्रहरीको काममा दुःख भएको अनुभूति कहिले पनि गरिन,’ विश्वकर्माले बैंकिङ्ग समाचारसँग भने । उनकाअनुसार नेपाल प्रहरी हरपल सर्वसाधारणको सुरक्षामा खटिनुपर्छ । यही लक्ष्य र उद्देश्य राखेर प्रहरीमा थप स्रोत साधन र जनशक्तिहरू आवश्यकता अनुसार राज्य अघि बढ्नुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया