काठमाडौं – नेपाल राष्ट्र बैंककी कायम मुकायकम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मुलुकको आर्थिक विकासमा बीमाको भूमिका अत्यन्तै रहेको उल्लेख गरिन् । बीमा प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आर्थिक क्रियाकलापमा हुनसक्ने जोखिम मुल्यांकन गरी लगानी प्रवद्र्धन गर्न बीमाको महत्वपूर्ण हुने बताएकी हुन् ।
उनले कार्यक्रम नै तर्जुमा गरेर बीमाको पहुँच बढाउन आवश्यक रहेको उल्लेख गरिन् । उनले नेपाल जस्तो मुलुकमा बीमाले सहजीकरण गर्ने बताइन् । ‘बीमा प्रति सबै नागरिकमा पुर्याउन नेपाल बीमा प्राधिकरणले भूमिका खेल्दै आएको छ ।’ नेपालको बीमा क्षेत्र बढाउँदै मानिसको विश्वास वृद्धिमा लाग्नुपर्ने छ ।’ उनले बीमा व्यवसायलाई प्रतिशपर्धी र विश्वसनीय बनाउने कार्यमा नेपाल बीमा प्राधिकरण लाग्नुपर्ने बताइन् ।
बैंकिङ्ग र बीमा क्षेत्र एकआपसमा मिलेर अगाडी बढ्नुपर्ने बताइन् । उनले डिजिटल प्रविधिको प्रयोग बढाउँदै बीमा क्षेत्रको पारदर्शिता बढाउन सकिने उल्लेख गरिन् । नियमनकारी निकायको हैहियतले बीमा प्राधिकरणले दावी भुक्तानी छिटो भन्दा छिटो उपलब्ध गराउन भूमिका खेल्न सक्नुपर्ने बताइन् ।






About Us
प्रतिक्रिया