काठमाडौं – प्रतिनिधिसभा सदस्य हरी ढकालले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाएको समितिमा रहेका व्यक्ति आफैँ गभर्नर बन्छु भनेर तम्सिनु लज्जास्पद भएकाे बताएका छन् । बिहीबारकाे प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गर्दै ढकालले सिफारिस समितिमा आफै बसेर गभर्नर बन्न खोज्नु लजास्पद भएको बताए ।
ढकालले भने ‘अर्को छ राष्ट्र बैंक ऐन २०५८ को दफा २० । जहाँ उच्च नैतिक चरित्र हुनुपर्ने भनिएको छ। यो पो छ त रोचक त । सिफारिस समितिमा आफैँ बस्ने । मान्छे भेटाइएन भनेर तीन महिना पछाडि आफै अगाडि ? यहाँभन्दा अर्को रोचक के होला ? लाजलाई पनि अब त धेरै लाज लागिसकेको छ।’, उनले भने ‘आज राष्ट्र बैंक ऐन २०५८ को दफा २१ बारे सबै जानकार छौँ होला। राजनीतिक दलको पदाधिकारी वा सदस्य राष्ट्र बैंकको गभर्नर हुन अयोग्य हुने भनिएको छ । अहिले चर्चामा जसको नाम आइरहेको छ, समाचारमा आइरहेको छ ।
‘हाक्काहाक्की चुनाव लडेको मान्छे, त्यो पनि मैसँग हो फेरि, मसँग तेस्रो भा हो है फेरि । भारी मतले । हाक्काहाक्की गभर्नर भनेर अगाडि सारिएको छ। यो राष्ट्र बैंक ऐन २०५८ को दफा २१ सबैलाई जानकारी गराउन चाहन्छु।’, ढकालले भने । त्यस्तै, उनले पौडेलको गभर्नर बन्न आवश्यक योग्यतामाथि नै प्रश्न उठाए । ‘कृषि वातावरण पढेको मान्छेले मौद्रिक नीतिसम्मको काम गर्न सकिएला ? भन्दै प्रश्न गरे । ‘अर्को छ राष्ट्र बैंक ऐन २०५८ को दफा २० (ग) यहाँ विषयगत कार्य अनुभव भनिएको छ। कृषि वातावरण पढेर मौद्रिक नीति बनाउने मौद्रिक नीतिसम्मको काम गर्नुपर्ने राष्ट्र बैंक चलाउन सकिएला ?’,



About Us
प्रतिक्रिया