काठमाडौं – अनुसन्धान महाशाखा अन्तर्गत बीमा प्राधिकरणका सम्पूर्ण अनुसन्धान कार्यका साथै समग्र बीमा व्यवसायको जोखिम र सूचना प्रविधि पनि पर्दछ । अनुसन्धान भनेको समग्र बीमा क्षेत्रकै लागि महत्त्वपूर्ण छ । जबसम्म नयाँ नयाँ अनुसन्धान गर्दैनौँ, तथ्याङ्कमा काम गर्दैनौँ, तबसम्म यो क्षेत्रको बारेमा के कस्तो छ भनेर थाहा पाउन सक्दैनौँ । बीमा क्षेत्रमा नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउन पनि अनुसन्धान आवश्यक छ । अहिले भएका प्रोडक्टले कस्तो काम गरिरहेका छन् र आगामी दिनमा कस्ता प्रोडक्टहरूको आवश्यकता छ, त्यसका लागि अनुसन्धान नै आवश्यक पर्ने हो ।
बीमितहरूको यो क्षेत्रप्रति कस्तो दृष्टिकोण छ लगायतका कुरामा तथ्याङ्क संकलनदेखि इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम आइआरएमआइएस नामक सफ्टवेयर छ । त्यो सफ्टवेयर मार्फत बीमा कम्पनीहरूले तथ्याङ्कहरू पठाउने गर्नुहुन्छ । त्यसलाई हाम्रो तथ्याङ्क शाखाले त्यसलाई सङ†कलन र विश्लेषण गर्ने कार्य गर्दछ ।
त्यसकै आधारमा हामीले अनुसन्धान गर्छौँ । यसका साथै बजारमा बीमा कम्पनी र व्यवसायप्रति आम धारणा कस्तो छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने योजना बनाएका छौँ । अर्को पाटो जोखिमको छ । प्राधिकरणले रिस्क बेस क्यापिटल गाइडलाइन जारी गरेको छ । यो नयाँ विषय हो । जुन छिमेकी देश भारतमा पनि छैन । यसलाई विश्व बैंकको सहयोगमा लागू गरेका छौँ । बीमामा चेतना कति छ, कतिले बुझेका छन्, बुझेर बीमा गरेका छन् कि छैनन् ? आफैँले किनेको पोलिसीबाट सन्तुष्ट छन् कि छैनन् ? दाबी भुक्तानी समयमा पाएका छन् कि छैनन् ? यस्ता विषयमा अनुसन्धान गर्न आवश्यक छ । अर्को सूचना प्रविधि पनि महत्त्वपूर्ण मानिन्छ बीमा क्षेत्रकै लागि ।
अनुसन्धान महाशाखाबाटै यसपालीदेखि समग्र बीमा क्षेत्रमा महिला र पुरुषको संलग्नताको विषयमा अनुसन्धान गरिरहेका छौँ । त्यसका लागि तथ्याङ्क संकलन गरिरहेका छौं । यसको प्रारम्भिक तथ्याङ्क हेर्दा जीवन बीमामा हेर्दा बीमित र बीमकमा महिलाको संख्या धेरै देखिएको छ । यस्तै निर्जीवन बीमामा भने कम छ । यस्तै व्यवसायमा रोजगारीका हिसाबले हेर्दा इन्ट्री लेभलमा महिलाको संख्या धेरै छ भने जब जब माथिल्लो तहहरूमा महिलाहरूको संख्या कम हुँदै गएको छ ।
(निर्देशक ढुङ्गेलकाे याे लेख नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सव विशेषबाट साभार गरिएको हो )
प्रतिक्रिया