चार दिनमा ९ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं – केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ। सोही क्रमलाई निरन्तरता दिँदै आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएका हो।

आज प्रतितोला सुनको मूल्य ३५ सय रुपैयाँले घटेको छ। यससँगै प्रतितोला छापावाल १ लाख ८१ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

बुधबार प्रतितोला छापावाल सुन १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। योसँगै पछिल्लो चार दिनमा सुनको मूल्यमा प्रतितोला ९ हजार ५ सय रुपैयाँको गिरावट देखिएको छ।

आइतबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३५ सय रुपैयाँले घटेको हो।